फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी -Sutra News

फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी 

शनिबार, ७ चैत्र २०७७

शनिबार, ७ चैत्र २०७७

फिनल्याण्ड- फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ । खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथोपटक सवैभन्दा अगाडि परेको हो ।



संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुसीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुसीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुसी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुसी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।

सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युज ल्याण्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्मरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ ।

विश्व खुसीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुसीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट