श्रीलङ्कामा चिनियाँ खोपलाई पनि अनुमति-Sutra News

श्रीलङ्कामा चिनियाँ खोपलाई पनि अनुमति

शनिबार, ७ चैत्र २०७७

शनिबार, ७ चैत्र २०७७

कोलम्बो- श्रीलङ्कामा चिनियाँ खोपलाई पनि प्रयोगका लागि शनिबार अनुमति दिइएको छ । श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो ।



यो खोप आपत्कालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् ।

नियमक निकायले अनुमति दिएकाले अव त्यसको आपुर्ति तथा व्यवस्थापनको काम अगाडि बढाइने श्रीलङ्काका उत्पादन, आपुर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनले जानकारी दिए ।

श्रीलङ्कामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो । यसअघि अस्ट्राजेनिका र स्पुत्नीक भीले अनुमति पाएका थिए । श्रीलङ्कले अहिले खोप अभियान व्यापक रुपमा चलाइरहेको छ ।

गत फेब्रुअरीको मध्यदेखि सुरु भएको खोप अभियान अन्तर्गत सवैभन्दा पहिला अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइएको थियो । उनीहरुलाई अस्ट्राजेनिका खोप लगाइएको हो ।

अस्ट्राजेनिकाको खोप श्रीलङ्काले भारतबाट ल्याएको हो । गत जनवरी र फेब्रुअरीमा खोप ल्याइएको थियो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत दुई लाख ६४ हजार मात्रा खोप श्रीलङ्काले पाएको हो ।

अहिले ६० बर्षभन्दा बढी उमेरका नागरिकलाई लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट