भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड-Sutra News

भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड

आइतबार, ८ चैत्र २०७७

आइतबार, ८ चैत्र २०७७

काठमाडौं- भारतमा कोरोना संक्रमण दैनिक बढ्दै गएको छ । दैनिक संक्रमण बढ्दै गएको भारतमा पछिल्लो तीन दिनमा मात्रै १ लाख २४ हजार ४०८ जना संक्रमित भएका छन् ।



पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ४३ हजार ८१५ जना संक्रमित भएका छन् । यसअघि शनिबार ४० हजार ९५० र शुक्रबार ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख ९८ हजार ७१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १९६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ७९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख २८ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख १० हजार ८०१ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट