अमेरिकामा बन्दुकधारीको गोलीले प्रहरीसहित ६ जनाको मृत्यु-Sutra News

अमेरिकामा बन्दुकधारीको गोलीले प्रहरीसहित ६ जनाको मृत्यु

मंगलबार, १० चैत्र २०७७

मंगलबार, १० चैत्र २०७७

काठमाडौं- अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको छ ।



स्थानीय समयअनुसार सोमबार दिउँसो साढे तीन बजेतिर बन्दुकधारीले ग्रोसरी स्टोरमा गोली चलाएका हुन् ।

द न्युयोर्क टाइम्सका अनुसार शंकास्पद बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी घाइते छन् । उनले किन आक्रमण गरेका हुन भन्ने खुलिसकेको छैन ।

राष्ट्रपति जो बाइडेनलाई घटनाबारे ब्रिफिङ गरिएको छ ।

सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्था भएको अमेरिकामा बेला-बेलामा यस्ता आक्रमणका घटनाहरू हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट