sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

घर फर्किएको चार दिनपछि दुर्गाप्रसादले पाए नागरिकता

घर फर्किएको चार दिनपछि दुर्गाप्रसादले पाए नागरिकता

सूत्र न्यूज

१२ चैत्र २०७७
  • 3.8K
    SHARES
  • घर फर्किएको चार दिनपछि दुर्गाप्रसादले पाए नागरिकता

    काठमाडाैं- ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

    जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

    ‘प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर्णय गरेअनुसार नागरिकता दिइएको हो,’ खड्काले भने ।

    नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन् । ‘ठूलो बुवाले नागरिकता लिइसक्नुभयो । हाम्रो नाता पनि प्रमाणित भइसक्यो,’ गोपालले भने ।

    नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ । पश्चिम बंगालका जेल र कलकत्तास्थित उच्च अदालतका कागजातमा उनको नाम दीपक जैसी छ ।

    ‘अब दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एउटै हो भन्ने पनि सिफारिस सिडिओ कार्यालयबाट बनाउँछौं,’ गोपालले भने ।

    उनका अनुसार दुर्गाप्रसाद घरमा बसेपछि अचेल बोल्न थालेका छन् । ‘ठूलो बुवा पहिलाभन्दा कुरा गर्न थाल्नुभएको छ,’ उनले भने ।

     

    images

    प्रकाशित :चैत्र १२, २०७७ बिहिवार - १२:१६:१२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.