अफगान सुरक्षाबलको कारबाहीमा परी बाह्र तालिबानी लडाकू मारिए-Sutra News

अफगान सुरक्षाबलको कारबाहीमा परी बाह्र तालिबानी लडाकू मारिए

बिहिबार, १२ चैत्र २०७७

बिहिबार, १२ चैत्र २०७७

अफगानिस्तान- अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य पाँच तालिबान लडाकू घाइते भएका पनि सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ ।



तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित सो कारबाही भएको थियो । कान्दाहार प्रान्तको आर्घान्दाब र मिवान्द जिल्ला तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित भएको यस कारबाहीको क्रममा १२ लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका थिए ।

यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीले योजना गरेको एम्बुस, विस्फोटक पदार्थ ५५ थान बरामद गरेको बताइएको छ ।

यस कारबाहीको क्रममा सर्वसाधारण नागरिक र सुरक्षा अधिकारीहरु भने हताहत नभएका समाचारमा जनाइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयको केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट