इटाली, फ्रान्स र जर्मनीका विदेशमन्त्री लिबियामा-Sutra News

इटाली, फ्रान्स र जर्मनीका विदेशमन्त्री लिबियामा

शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार, १३ चैत्र २०७७

त्रिपोली- लिबियाको राजधानी त्रिपोलीमा बिहीबार तीन ओटा युरोपेली देशका विदेशमन्त्रीहरु पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।



सो समाचारमा इटालीका विदेशमन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेशमन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका विदेशमन्त्री हाइको मास त्रिपोली पुगेको जनाइएको हो ।

उनीहरुले बिहीबार लिबियाको पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी लिबियामा कूटनीतिक उपस्थितिका विषयमा पनि आवश्यक कुराकानी भएको समाचारमा जनाइएको छ ।

बिहीबार उनीहरुले लिबियाको अहिलेको अवस्थामा युरोपेली देशहरुले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरेका थिए । उनीहरुका साथमा लिबियाका विदेशमन्त्री पनि रहेको पनि समाचारमा जनाइएको छ । उनीहरुले बिहीबार नै लिबियाका प्रधानमन्त्री अब्दुल हमिद डिबेहसँग भेटवार्ता गरेका थिए ।

उनीसँग त्यस भेटवार्ताका क्रममा अवैध रुपमा लिबियाबाट अवैध रुपमा बाहिर जाने गरेका र लिबिया पुग्ने गरेका आप्रवासीहरुका विषयमा कुराकानी भएको लिबिया सरकारको सूचना विभागले एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको बताइएको छ ।

त्यस विज्ञप्तिमा लिबियाका विषयमा युरोपेली देशहरुको धारणका साथसाथै लिबियाको विकासका लागि आगामी दिनमा युरोपका देशहरुले के कस्तो विषयमा सहयोग र परामर्श अघि बढाउने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

यसका साथै लिबियाको आगामी आमनिर्वाचनका विषयमा पनि सो क्रममा कुराकानी भएको थियो । प्रधानमन्त्री डिबहीसँग लिबियामा यसै वर्षको अन्त्यतिर हुन लागेको निर्वाचनका विषयमा पनि तीन युरोपेली देशका विदेशमन्त्रीहरुले आवश्यक छलफल गरेको बताइएको छ ।

प्रधानमन्त्रीसँगको सो भेटका क्रममा तीन युरोपेली देशका विदेशमन्त्रीहरुले यो भ्रमण र भेटवार्ता युरोपका देशहरुले लिबियामा सहयोग गर्न चाहेको विषयमा सन्देश पनि भएको बताएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

युरोपका ती देशहरु लिबियामा शान्ति र स्थायित्वका लागि सहयोग गर्न चाहेको र आगामी दिनमा पनि यसै विषयमा सहयोग अघि बढाउन इच्छुक रहेको पनि उनीहरुले जनाएका छन् ।

लिबियाको अवस्थामा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसंघको सहमतिमा यो नयाँ सरकार निर्माण भएको हो । यस सरकारले आगामी डिसेम्बर २४ का लागि आह्वान गरिएको आम निर्वाचन सम्पन्न गराउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट