केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप-Sutra News

केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप

शनिबार, १४ चैत्र २०७७

शनिबार, १४ चैत्र २०७७

नैरोबी- केन्याका राष्ट्रपति उहुरु केन्याटा र उनकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।



महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सबैलाई आह्वान गर्दै खोप लगाएका हुन् । उनले लगाएपछि सरकारी अन्य उच्च अधिकारीहरुले पनि खोप लगाएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति केन्याटाले देशका सबै नागरिकलाई खोपप्रति विश्वास दिलाउन र आकर्षित गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको पनि बताए ।

पछिल्लो १२ दिनमा हाम्रा अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा ५२ प्रतिशतले बृद्धि भएको छ । यो बृद्धिदर एकदमै धेरै हो, राष्ट्रपति केन्याटाले भने ।

पूर्वी अफ्रिकी मुलुक केन्यामा गत मार्च २ मा अस्ट्राजेनिकाको १० लाख २० हजार खोप ल्याइएको थियो ।

आगामी जुन महिनासम्म पहिलो चरणको खोप अभियान जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

पहिलो चरणमा खोपका लागि उच्च प्राथमिकतामा परेका समुदायलाई खोप लगाइने भएको छ । सरकारले खोप लगाउन प्राथमिकता निर्धारण गरेको छ ।

केन्यामा अहिलेसम्म एक लाख २६ हजार १७० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ९२ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने केन्यामा ९२ हजार २६८ रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट