सचिन तेन्दुलकरलाई कोरोना संक्रमण-Sutra News

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

शनिबार, १४ चैत्र २०७७

शनिबार, १४ चैत्र २०७७

काठमाडौं- भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरसको संक्रमण भएको छ ।



सचिनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

उनको परिवारका अन्य सदस्यको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

उनले कोरोनाबाट बच्न आफूले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भएको बताएका छन् ।

सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट