काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकिन्सकको लाइसेन्स परीक्षामा ४७ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका छन् ।
काउन्सिल रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले शुक्रबार सम्पन्न परीक्षामा सहभागी भएका ३ सय ३० जनामध्ये १ सय ५५ जना उर्तीर्ण भएका जानकारी दिए ।
उनले विभिन्न ३४ विषयका चिकित्सक लाइसेन्स परीक्षामा सहभागी भएको जानकारी दिँदै उर्तीर्ण भएका परीक्षार्थीले ३५ दिनभित्र विशेषज्ञ दर्ताका लागि अनलाइन आवेदन दिनुपर्ने बताए ।