मोदीले बंगलादेश भ्रमण गर्दा १० जनाको ज्यान गयो-Sutra News

मोदीले बंगलादेश भ्रमण गर्दा १० जनाको ज्यान गयो

आइतबार, १५ चैत्र २०७७

आइतबार, १५ चैत्र २०७७

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्दा भएका विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ ।



भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बंगलादेश भ्रमण सुरु गरेदेखि अन्त्यसम्म हिंस्रक पर्दशन भएका हुन् ।

भ्रमण सकेर भारत आइसक्दा पनि आइतबार पूर्वी बंगलादेशमा कट्टर इस्लामिक ग्रुप्सका व्यक्तिले हिन्दुका मन्दिरमा हमला गरेका छन् ।

स्थानीय पत्रकार र प्रहरीले समाचार संस्था रोयटर्ससँग बताएअनुसार प्रधानमन्त्री मोदीको भ्रमण सुरु हुनासाथ हिंस्रक प्रदर्शन सुरु भएका थिए ।

उनी बंगलादेशमा रहँदा पनि धेरै स्थानमा विरोध प्रदर्शन भएका थिए । उनको भ्रमण अवधिमा भएका हिंस्रक प्रदर्शनमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

बंगलादेश स्वतन्त्र भएको ५०औं वार्षिकोत्सवका अवसरमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी शुक्रबार २ दिने भ्रमणका लागि बंगलादेश प्रस्थान गरेका थिए ।

शनिबार साँझ उनी भारत फर्किसकेका भए पनि बंगलादेशमा भने आज आइतबार पनि हिंस्रक पर्दशन जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट