चीनमा १० करोड व्यक्तिलाई कोभिड-१९ विरूद्धको खोप दिइयो-Sutra News

चीनमा १० करोड व्यक्तिलाई कोभिड-१९ विरूद्धको खोप दिइयो

आइतबार, १५ चैत्र २०७७

आइतबार, १५ चैत्र २०७७

चीन- चीनमा आइतबारसम्म कोभिड-१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ ।



कोभिड-१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् । 

चीनले मार्च २४ पछि दैनिक कोभिड-१९ विरूद्धको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट