फ्रान्समा फेरि लकडाउन घोषणा-Sutra News

फ्रान्समा फेरि लकडाउन घोषणा

बिहिबार, १९ चैत्र २०७७

बिहिबार, १९ चैत्र २०७७

काठमाडाैं- फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरेका हुन् । 



शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहनेछ । राजधानी पेरिसलगायत कोरोना भाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खाले प्रतिबन्धहरू लगाइएका थिए ।

म्याक्रोंले देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताएका छन् । फ्रान्समा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ ।

पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको गति सुस्त भएकाले नयाँ भेरियन्टसहित फ्रान्समा कोरोनाको तेस्रो लहर चलिरहेको छ । अहिले फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन् ।

बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर म्याक्रोंले अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट