अमेरिकामा चक्कु प्रहारबाट प्रहरीको हत्या-Sutra News

अमेरिकामा चक्कु प्रहारबाट प्रहरीको हत्या

शनिबार, २१ चैत्र २०७७

शनिबार, २१ चैत्र २०७७

काठमाडौं- अमेरिकामा एक कार चालकले चक्कु प्रहार गरी एक प्रहरीको हत्या गरेका छन् ।



राजधानी ह्वाइट हाउसस्थित संसद भवन नजिकै भएको उक्त घटनामा अर्का एक जना घाइते भएका छन् ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालक २५ वर्षका नोहा ग्रिन नामले प्रहरीलाई चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको जनाइएको छ ।

संसद भवनमा तीन महिना पहिले ९ जनवरी ६० तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् ।

आक्रमणमा ज्यान गुमाउने विलियम ‘बिली’ इभान्स नाम रहेका प्रहरी अधिकारी रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट