भारतमा कोरोना भाइरस संक्रमितको संख्या उच्च-Sutra News

भारतमा कोरोना भाइरस संक्रमितको संख्या उच्च

सोमबार, २३ चैत्र २०७७

सोमबार, २३ चैत्र २०७७

काठमाडौं- भारतमा थप ‍१ लाख ३ हजार ७९३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।



भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (शनिबार) चैत्र २२ मा भारतमा यो वर्षको दोस्रो धेरै ९२ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख ७९ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ४२ हजार ८३० छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४७७ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट