कोरोना संक्रमण बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध-Sutra News

कोरोना संक्रमण बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध

सोमबार, २३ चैत्र २०७७

सोमबार, २३ चैत्र २०७७

नयाँ दिल्ली- कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।



यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।

यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । यहाँ आइतबार मात्र पनि एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट