भारतको प्रधानन्यायाधीशमा एनभी रमन्ना-Sutra News

भारतको प्रधानन्यायाधीशमा एनभी रमन्ना

मंगलबार, २४ चैत्र २०७७

मंगलबार, २४ चैत्र २०७७

नयाँ दिल्ली- भारतीय राष्ट्रपति रामनाथ कोविन्दले न्यायाधीश नाथुलापति वेंकट (एनवी) रमन्नालाई प्रधानन्यायाधीको रुपमा नियुक्त गरेका छन् ।



रमन्नाले अप्रिल २४ मा पदको सपथ लिनेछन् । उनी सन् २०२२ को अगस्टसम्म प्रधानन्याधीश रहनेछन् । न्यायाधीश नाथुलापति वेंकट  रमन्ना सन् २०१७ को फेब्रअरीमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । 

उनी सन् २००० जुन २७ मा आन्ध्र प्रदेश उच्च अदालतमा स्थायी न्यायाधीमा नियुक्त भएका थिए । सन् २०१३ मा पदोन्नति भएपछि दिल्ली उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त भएका थिए । 
हाल भारतमा एसए बोबडे प्रधानन्यायाधीश रहेको छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट