हैजाले नाइजेरियामा ५० जनाको मृत्यु-Sutra News

हैजाले नाइजेरियामा ५० जनाको मृत्यु

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

काठमाडौं- हैजाका कारण नाइजेरियामा यस वर्ष ५० जनाको मृत्यु भएको छ ।



स्थानीय स्वास्थ्य अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृत्यु भएको हो ।

रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ ।

यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएकोमा उनीहरूमध्ये ५० भन्दा बढीको मृत्यु भएको पाइएको छ, केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले भने ।

अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले हैजाको महामारी डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए ।

देशको नासारावा, सोकोटो, कोगी, बायेल्सा, गोम्बे, जाम्फारा, डेल्टा र बेन्युमा हैजाको महामारी फैलिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट