सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु-Sutra News

सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु

बिहिबार, २६ चैत्र २०७७

बिहिबार, २६ चैत्र २०७७

खार्तुम- सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको संख्या कम्तिमा १३२ पुगेको यहाँका गभर्नरले बिहीबार सञ्चारमाध्यमहरूलाई जानकारी गराएका छन् ।



शनिवारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो ।

सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

‘स्वास्थ्यकर्मीहरूले दिएको विवरणअनुसार झडपमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ,’ चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले खा र्र्तुममा पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट