अफगानिस्तानमा बीस लडाकू मारिए-Sutra News

अफगानिस्तानमा बीस लडाकू मारिए

बिहिबार, २६ चैत्र २०७७

बिहिबार, २६ चैत्र २०७७

काबुल- अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् ।



देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जानकारी दिए ।

‘इमाम सहिब जिल्लामा भएको घटनामा परी कुल २० तालिबान लडाकूहरु मारिएका छन्,’ उनले सिन्ह्वासँग भने ।

घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट