युरोपा लिग फुटबलमा आर्सनल बराबरीमा रोकियो-Sutra News

युरोपा लिग फुटबलमा आर्सनल बराबरीमा रोकियो

शुक्रबार, २७ चैत्र २०७७

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं- युरोपा लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।



बिहीबार राति भएको खेलमा आर्सनल स्लाभिया प्रगसँग एक-एक गोलको बराबरीमा रोकिएको हो ।​

आर्सनलका लागि निकोलस पेपेले गोल गरे पनि खेलको अन्तिमतिर प्रगका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यस्तै गएराति नै भएका अन्य खेलमा भिल्लारियलले डाइनामो जाग्रेबलाई एक शून्यले हरायो । यस्तै रोमाले अजाक्सलाई २-१ ले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट