भारतमा एकै दिन एक लाख ४५ हजार संक्रमित-Sutra News

भारतमा एकै दिन एक लाख ४५ हजार संक्रमित

शनिबार, २८ चैत्र २०७७

शनिबार, २८ चैत्र २०७७

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् । यो सङ्ख्या कोरोना भाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।



उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका हुन् । यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोना भाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरस मुक्त भएकाहरुको सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट