भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि, एकैदिन दुई लाख संक्रमित-Sutra News

भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि, एकैदिन दुई लाख संक्रमित

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।



पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (आइतबार) चैत्र २९ मा भारतमा दोस्रो धेरै १ लाख ५२ हजार ६८२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख १ हजार ४५६ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ८९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट