भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो-Sutra News

भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसको संक्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना सुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।



गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस सुरु भएयता कै सबभन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमण भएका छन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरूको सख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ । आइतबार भाइरस संक्रमणको कारण ९०४ जनाको मृत्यु भएको छ । यसवर्ष सुरु भएपछि हालसम्मको तथ्यांकलाई हेर्दा यो संख्या सब भन्दा उच्च हो ।

भारतका कुल संक्रमणमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ । संक्रमित अवस्थामै रहेकाहरुको संख्या १२ लाख १ हजारभन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट