आङ सान सुकीविरुद्ध यस्ता ६ अभियोग-Sutra News

आङ सान सुकीविरुद्ध यस्ता ६ अभियोग

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

याङगुन- म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन् ।



उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिडमा पाँच र याङ्गुनमा एउटा मुद्दा लगाइएको उनका वकिल मीन मीन सोले बताएका छन् । पछिल्ला आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानूनअन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिएका छन् ।

म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबारमात्र ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा छ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सेनाले निर्वाचनका बेला व्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डेमोक्रयासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

सेनाले यसभन्दा अगाडि सुकीले अवैध तरिकाले सञ्चार सेट वाकीटकी लिएको र सरकारमा हुँदा अवैध तरिकाबाट केही सुन र छ लाख अमेरिकी डलर लिएको आरोप लगाइसकेको छ । म्यान्मारका सैन्य शासकले हालसम्म सुकीलाई गिरफ्तार गरेर कहाँ राखेका छन् भनेर खुलाएका छैनन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट