रुसमा बनेको खोपलाई भारतमा आपतकालीन अनुमति-Sutra News

रुसमा बनेको खोपलाई भारतमा आपतकालीन अनुमति

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

नयाँ दिल्ली- कोरोनाविरुद्ध रुसले निर्माण गरेको खोप स्पुतनिकलाई भारतमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको छ । भारतको हैदराबादको डा.रेड्डीज ल्याबद्वारा भारतमा निर्माण गरिएको खोपको प्रभावकारिता ९१.६ प्रतिशत रहेको छ ।



स्पुतनिकको खोपमा मोर्डना र फाइजरको तुलनामा बढी प्रभावकारी मानिन्छ । कोरोनाविरुद्धको तेस्रो खोपले भारतमा प्रयोगका लागि अनुमति पाएकोह हो ।

स्पुतनिकले आपतकालीन प्रयोगका लागि १९ फेब्रुअरीमा आवेदन दिएको थियो । यो खोपको अहिले भारतसहित यूएई, भेनेजुयला र बेलारुसमा क्लिनिकल ट्रायलको तेस्रो चरणमा छ ।

२ देखि ८ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न सकिने खोपलाई अन्तर्राष्ट्रिय बजारमा १० डलरमा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट