पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीलाई चुनावी प्रचारमा रोक-Sutra News

पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीलाई चुनावी प्रचारमा रोक

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

काठमाडौं- भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई चुनाव प्रचारको लागि २४ घण्टा रोक लगाइएको छ ।



साम्प्रदायिक आधारमा भोट माग्ने प्रयास गरेको आरोप लगाउँदै त्यहाँको निर्वाचन आयोगले बेनर्जीलाई चुनावी प्रचारमा रोक लगाएको हो ।

मुख्यमन्त्री बेनर्जीले चुनाव प्रचारको क्रममा भाषण गर्दा साम्प्रदायिक आधारमा भोट माग्ने प्रयास गरेको निर्वाचन आयोगको आरोप छ ।

बेनर्जीले अल्पसंख्यकलाई एक भई आफ्नो लागि भोट गर्न अपिल गरेकी थिइन् ।

यसैलाई आधार बनाएर भारतीय जनता पार्टी भाजपाका नेता मुख्तार अब्बास नकवीले चुनाव आयोगमा बेनर्जी विरुद्ध उजुरी गरेका थिए ।

नकवीको उजुरीको आधारमा निर्वाचन आयोगले मुख्यमन्त्री बेनर्जीसाग जवाफसमेत मागेको छ । तर, ममता बेनर्जीले भने निर्वाचन आयोगको कारबाहीको विरोध गरेकी छिन् ।

निर्वाचन आयोगको कारबाही अलोकतान्त्रिक र असंवैधानिक भएको उनको जिकीर छ । बेनर्जी निर्वाचन आयोगको कारबाहीको विरोधमा आज दिउँसो १२ बजे पछि धर्ना बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट