रुसी भ्याक्सिनलाई भारतमा अनुमति, लगाउन पनि सुरु-Sutra News

रुसी भ्याक्सिनलाई भारतमा अनुमति, लगाउन पनि सुरु

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

काठमाडौं- कोरोना भाइरसविरुद्ध रसियाले उत्पादन गरेको खोपलाई भारतले प्रयोगको अनुमति दिएको छ ।



भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार भारतको औषधि नियामक संस्थाले सोमबार अबेर राति रुसमा बनेको स्पुतनिक-भी लाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

भारतमा अहिले सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेकले बनाएको कोभ्याक्सिन प्रयोग भइरहेको छ । यसमा अब स्पुतनिक-भी पनि थपिने भएको छ ।

रुसी भ्याक्सिन स्पुतनिक-भी प्रयोगका लागि ६० देशले अनुमति दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट