भारतको महाराष्ट्रमा १५ दिन कर्फ्यु-Sutra News

भारतको महाराष्ट्रमा १५ दिन कर्फ्यु

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

नयाँ दिल्ली- भारतमा कोरोनाको महामारी दर बढ्दै गएपछि हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि कोरोना कर्फ्यु लागु गरिने भएको छ ।



मराराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आजबाट लागु हुनेगरी १५ दिनका लागि कोरोना कर्फ्यु लागु गरिेने जानकारी दिए ।

महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको मुख्यमन्त्री ठाकरेको भनाइ छ ।

कोरोना कर्फ्युअन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने छ ।

साथै महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् । भारतमा कोरोनाभाइरस संक्रमणको आँकडा तीब्र रुपमा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट