अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली समुदायलाई नयाँ वर्षको शुभकामना-Sutra News

अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली समुदायलाई नयाँ वर्षको शुभकामना

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्षको शुभकामना दिएका छन् । उनले बुधबार ट्वीटरबाट नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन् ।



उनले नेपाली र अन्य दक्षिण एसियाली समुदाय तथा दक्षिणपूर्वी एसियालीहरूका विभिन्न पर्वको समेत शुभकामना दिएका छन् ।

वैशाखी, नवरात्री, सोङकर्न र यसै हप्ता रहेका बंगाली, कम्वोडिया, म्यानमा र नेपाली, तमिल र थाई नयाँ वर्षको शुभकामना दिएका हुन् ।

यसैबीच नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पनि नयाँ वर्ष २०७८ को शुभकामना दिएका छन् । ‘म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिसनको तर्फबाट तपाईंहरूको यो वर्ष खुसी, उमंग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं,’उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट