काम गर्न नसकेपछि अष्ट्रेलियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा-Sutra News

काम गर्न नसकेपछि अष्ट्रेलियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- कोरोना महामारीकाबीच अष्ट्रेलियाका स्वास्थ्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन् ।



राजीनामाको घोषणा गर्दै स्वास्थ्यमन्त्री रुडोल्फ एन्शोवरले भने, ‘धेरै कामकाज गरेका कारण मेरो स्वास्थ्यमा समस्या देखिएको छ । कोरोना महामारीविरुद्धको लडाईंमा साथ दिन नसक्ने भएँ ।’

उनी सन् २०२० देखि अष्ट्रेलियाको स्वास्थ्य मन्त्री भएका थिए । रुडोल्फ एन्शोवरले अष्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणका लागि मुख्य भूमिका निभाएका थिए ।

यसैबीच उनले डा.वुल्फग्याङलाई आफ्नो उत्तराधिकारीका रूपमा नियुक्ति गरेका छन् ।

दुई महिनादेखि आफूलाई निके थकान महशुस भएको र यस्तो अवस्थामा काम गर्न नसक्ने भएकाले राजीनामा दिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट