भारतमा कोभिड-१९ संक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो-Sutra News

भारतमा कोभिड-१९ संक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

बिहिबार, २ बैशाख २०७८

बिहिबार, २ बैशाख २०७८

नयाँ दिल्ली- भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।



भारतमा कोरोना भाइरस संक्रमणको माहामारी सुरु भएयता एक दिनमा २ लाख भन्दा बढी संक्रमित हुनु बुधबार पहिलोपटक भएको समाचारमा जनाइएको छ ।

यसअघि मंगलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका जनाइएको थियो । कोरोना संक्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी संक्रमितभएका हुन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरूको संख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट