sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

कुखुराको मासुको मूल्य बढेको बढै

कुखुराको मासुको मूल्य बढेको बढै

सूत्र न्यूज

३ बैशाख २०७८
  • 309
    SHARES
  • कुखुराको मासुको मूल्य बढेको बढै

    काठमाडौं- पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा महंगिएको छ ।

    गत वर्ष वैशाखमा महिनामा प्रतिकेजी २ सय रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।

    कुखुराको चल्ला उत्पादन कम भएपछि एक वर्षको अवधिमा बजारमा मासुको मूल्य दोब्ब्र भन्दा बढीले वृद्धि भएको हो ।

    कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गतेदेखि लामो समयसम्म लकडाउन भएपछि प्यारेन्ट माउ ल्याउन नसक्दा त्यसको असर उत्पादन र मूल्यमा देखिएको हो ।

    मुलुक मासु र अण्डामा आत्मनिर्भर भएपनि प्यारेन्ट माउ भने आयात गर्नुपरेको छ ।

    ३० प्रतिशत आन्तरिक उत्पादनले माग धानेपनि ७० प्रतिशत माउ आयात गर्नुपरेको ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए ।

    चल्ला उत्पादन कम भएपछि बजारमा लगातार मासुको मूलय वृद्धि भएको उनको भनाइ छ । कारोबार दैनिकबाट

    images

    प्रकाशित :बैशाख ३, २०७८ शुक्रवार - ०६:३१:००

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.