sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

प्रचण्डलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज’ फोन

प्रचण्डलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज’ फोन

सूत्र न्यूज

३ बैशाख २०७८
  • 754
    SHARES
  • प्रचण्डलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज’ फोन

    काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।

    लामो समयको संवादहीनतापछि बैठकमा निम्ता दिनकै लागि ओलीले ललितपुरको एउटा कार्यक्रममा भएकै बेला माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए ।

    ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रममा हिँडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुरा भएको छ । प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेका छन् ।

    कार्यक्रममा छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए । ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि’ उनले भने, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ ।’

    कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै उनले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।’

    images

    प्रकाशित :बैशाख ३, २०७८ शुक्रवार - १४:५६:४६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.