sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

कर्णालीमा माओवादीकै सरकार भएपछि बाबुराम उत्साहित, भन्छन्- ‘भष्मासुर’ को नृत्य छिट्टै समापन हुँदैछ

कर्णालीमा माओवादीकै सरकार भएपछि बाबुराम उत्साहित, भन्छन्- ‘भष्मासुर’ को नृत्य छिट्टै समापन हुँदैछ

सूत्र न्यूज

४ बैशाख २०७८
  • 646
    SHARES
  • कर्णालीमा माओवादीकै सरकार भएपछि बाबुराम उत्साहित, भन्छन्- ‘भष्मासुर’ को नृत्य छिट्टै समापन हुँदैछ

    काठमाडौं- कर्णाली प्रदेशसभामा पार्टीको ह्विपविपरीत एमालेका चारजना सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशमा राजनीतिक तरंग पैदा भएको छ ।

    यस विषयमा एमालेकै दुई खेमा तथा अन्य दलका नेताहरूबाट विभिन्न खालका प्रतिक्रिया व्यक्त भइरहेका छन् ।

    यसै क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मूल्य मान्यताको राजनीतिलाई कानुनी भ्रम जालले छोप्ने दुष्प्रयास नगरौं । कुनै घटनाको मुख्य चालकतत्त्व बाह्य हैन, आन्तरिक हुन्छ भन्ने नभुलौं ।’

    पूर्वप्रधानमन्त्री डा.भट्टराई अगाडि लेख्छन्, ‘सत्ताभन्दा सत्य बलवान् हुन्छ भन्ने नबिर्सौं । भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं !’ 

    images

    प्रकाशित :बैशाख ४, २०७८ शनिवार - ०८:५१:४२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.