sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

माधव नेपाल समूह माओवादीमा विलय हुन आतुर रहेको विष्णु रिमालको निष्कर्ष

माधव नेपाल समूह माओवादीमा विलय हुन आतुर रहेको विष्णु रिमालको निष्कर्ष

सूत्र न्यूज

४ बैशाख २०७८
  • 287
    SHARES
  • माधव नेपाल समूह माओवादीमा विलय हुन आतुर रहेको विष्णु रिमालको निष्कर्ष
    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल । तस्बिर फाइल

    काठमाडौं- कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका चार सांसदले माओावदी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कडा प्रतिक्रिया दिएका छन् ।

    पार्टीको निर्देशनविपरीत ‘फ्लोर–क्रस’ गर्दै ओली पक्षकै १ र माधव नेपाल पक्षका ३ गरी एमालेका ४ जना प्रदेश सांसदले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरी सरकार जोगाइदिएका हुन् ।

    यसै क्रममा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि कडा आलोचना गरेका छन् । कर्णालीमा भएको ‘फ्लोर–क्रस’ माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्रका एमालेविरोधीहरूको सार्वजनिक उद्घोष भएको उनको टिप्पणी छ ।

    ‘कर्णाली प्रदेशको ‘फ्लोर–क्रस’ फ्लोर–क्रस मात्र हैन, माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमालेविरोधीहरूको सार्वजनिक उद्घोष हो,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

    उनले थप भनेका छन्, ‘एमाले समाप्त पार्न ‘एकता–विधि–पद्धति’को नाममा क्रियाशील तत्त्व,
    के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन र ?’

    images

    प्रकाशित :बैशाख ४, २०७८ शनिवार - १३:०५:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.