अफगानिस्तानको मस्जिदमा बन्दुकधारीको आक्रमण, एकै परिवारका आठजनाको हत्या-Sutra News

अफगानिस्तानको मस्जिदमा बन्दुकधारीको आक्रमण, एकै परिवारका आठजनाको हत्या

आइतबार, ५ बैशाख २०७८

आइतबार, ५ बैशाख २०७८

अफगानिस्तान- अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा परी एकै परिवारका आठजनाको मृत्यु भएको छ ।



स्थानीय प्रहरीकाअनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँचजना दाजुभाइ र तीनजना भाइभतिज मारिएको जानकारी दिए ।

नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गरेका थिए । अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ ।

मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यहीक्रममा उक्त घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट