कोभड-१९ महामारीलाई मध्यनजर गर्दै राहुल गान्धीद्वारा चुनावी र्यालीमा सहभागी नहुने जानकारी-Sutra News

कोभड-१९ महामारीलाई मध्यनजर गर्दै राहुल गान्धीद्वारा चुनावी र्यालीमा सहभागी नहुने जानकारी

आइतबार, ५ बैशाख २०७८

आइतबार, ५ बैशाख २०७८

नयाँ दिल्ली- भारतीय कांग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरुलाई स्थगित गरेका छन् ।



कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्यालीहरु स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरुलाई पनि सोच्न आग्रह गान्धीले गरेका छन् ।

विपक्षी नेता गान्धीले ट्वीट्र सन्देशमा भनेका छन्, ‘कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गलामा हुने मेरा सबै ¥यालीहरु रद्द गरेको छु । म अरु पार्टीका नेताहरुसँग पनि अपिल गर्छु कि यस्तो अवस्थामा हुने र्यालीहरुका कारण निम्तन सक्ने अवस्थालाई गम्भीर बनौँ ।’

पश्चिम बंगाल विधानसभा चुनाव अन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ । अझै तीन चरणको चुनाव हुन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट