इजिप्टमा रेल पल्टियो, ११ जनाको मृत्यु-Sutra News

इजिप्टमा रेल पल्टियो, ११ जनाको मृत्यु

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

इजिप्ट- इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । ९८ जना घाइते भएका छन् ।



त्यहाँका अधिकारीका अनुसार इजिप्टको राजधानी काहिराबाट उत्तक कालुबिया प्रान्तको बन्हा सहरमा आइतबार रेलको आठौं डिब्बा लिकबाट बाहिरिएको हो ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा रेलको डिब्बा लिकबाट बाहिरिएको देखिन्छ र यात्रुलाई निकालिएको देखिन्छ । यो रेले नील नदीको डेल्टा सहर मनसउराबाट राजधानी काहिरा जाँदै थियो ।

रेल दुर्घटना हुनुको कारण तत्काल पत्ता नलागेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट