भारतमा कोरोना भयावह : एकै दिन ३ लाख संक्रमित थपिँदा २ हजार २३ ले ज्यान गुमाए-Sutra News

भारतमा कोरोना भयावह : एकै दिन ३ लाख संक्रमित थपिँदा २ हजार २३ ले ज्यान गुमाए

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेअनुसार यही अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणबाट मृत्युसमेत भएको छ। भारतमा सक्रिय संक्रमित संख्या साढे २१ लाख नाघेको छ।



कोरोनाका समग्र संक्रमित संख्या एक करोड ५६ लाख नाघेको छ। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ। उत्तर प्रदेशमा २९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। राजधानी दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

कर्नाटकमा पनि २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै छ।

भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताका लागि लकडाउन घोषणा भइसकेको छ। उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउन घोषणा गरेको छ। 

भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट