मोदीद्वारा पश्चिम बंगाल जाने कार्यक्रम रद्द-Sutra News

मोदीद्वारा पश्चिम बंगाल जाने कार्यक्रम रद्द

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

नयाँ दिल्ली- कोभिड-१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् ।



प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बंगाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका छन् ।

यस्तै मोदीले शुक्रबार कोभिड-१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनी चुनावी प्रचारका लागि पश्चिम बंगाल जाने कार्यक्रम थियो । यसअघि निर्वाचन प्रचारका लागि पश्चिम बंगाल जाने कार्यक्रम विपक्षी नेता राहुल गान्धीले पनि रद्द गरेका थिए ।

कार्यक्रम रद्द गरेपछि निर्वाचन प्रचारप्रसारका लागि अन्य दलहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए ।

त्यसको लगत्तै सामान्य विरामी परेका राहुलको कोभिड-१९ परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट