उत्तराखण्डमा हिमताल फुट्दा कम्तीमा ८ जनाको मृत्यु, ४ सय घाइतेको उद्धार-Sutra News

उत्तराखण्डमा हिमताल फुट्दा कम्तीमा ८ जनाको मृत्यु, ४ सय घाइतेको उद्धार

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

भारतको उत्तराखण्डस्थित चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ।



नदी ताल फुटेपछि नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरूमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ।

चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएको उत्तराखण्डका मुख्यमन्त्री तीर्थ सिंह रावतले पुष्टि गरे।

घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र ६ जनाको अवस्था गम्भीर भएको उनले बताए। हिमताल फुटेपछि नजिकै सडक निर्माणमा खटिएका कामदार बसेका दुई शिविरमा असर परेको जनाइएको छ। 

हिमताल शुक्रबार अपराह्न  फुटेको भए पनि खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको थियो। शनिबार बिहानैदेखि उद्धारको काम भइरहेको छ। मृतकको संख्या थपिन सक्ने भारतीय सेनाले जनाएको छ। उनीहरूको खोजी कार्य जारी छ। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट