sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

कोरोनाबाट भारतमा २० सहित २३ नेपालीको मृत्यु

कोरोनाबाट भारतमा २० सहित २३ नेपालीको मृत्यु

images

सूत्र न्यूज

१३ बैशाख २०७८
  • 356
    SHARES
  • कोरोनाबाट भारतमा २० सहित २३ नेपालीको मृत्यु
    फाइल तस्बिर

    काठमाडौं- यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ ।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिकाअनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो ।

    भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा.सागर पौडेलकाअनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो ।

    निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् ।

    अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड-१९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५०६ जना पुगेको छ । कूल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना संक्रमणमुक्त भएका छन् ।

    यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको गैरआवासीय नेपाली संघ, कोभिड-१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना संक्रमित पुगेकामा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार साँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।

    यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले महामारीका दौरान २५० जना चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिए ।

    उनका अनुसार, नेपालबाहिर करीब पाँच हजार चिकित्सक र १५ हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले बताए ।


    प्रकाशित :बैशाख १३, २०७८ सोमवार - ००:४९:५६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.