भारतमा एकैदिन तीन लाख ५२ हजार कोरोना संक्रमित-Sutra News

भारतमा एकैदिन तीन लाख ५२ हजार कोरोना संक्रमित

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

नयाँ दिल्ली- भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन् । एकैदिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो पाँचौ दिन हाे । 



त्यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो संक्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।

भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट