कोरोनाबाट मृत्यु हुनेको संख्या बढेपछि खेतमै दाहसंस्कार-Sutra News

कोरोनाबाट मृत्यु हुनेको संख्या बढेपछि खेतमै दाहसंस्कार

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

नयाँ दिल्ली- कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि भारतको कर्नाटक सरकारले खेतमा दाहसंस्कारका लागि अनुमति दिएको छ ।



बेंगलुरुजस्ता सहरमा दाहसंस्कार स्थलमा चाप कम गर्न यस्तो निर्णय गरिएको हो ।

केही दिनयता बेंगलुरुका १३ वटा दाहसंस्कार स्थलमा कोरोनाबाट मृत्यु भएका शव लिएर आएका एम्बुलेन्सको लाइन लाग्न थालेको छ ।

कर्नाटकका व्ययविभाग प्रमुख सचिव मन्जुनाथ प्रसादकाअनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्तिम संस्कार सन् २०२० को सेप्टेम्बरमा जारी गरेको प्रोटोकलअनुसार खेत एवम् निजी जमिनमा गर्न सक्नेछन् ।

शव व्यवस्थापन गर्ने व्यक्तिले पिपिई सुट्स, पञ्जालगायत सुरक्षित उपकरणको प्रयोग गर्नुपर्छ । हालको नियमानुसार शवलाई काँधमा बोक्न, नुहाउन एवम् अँगालो हाल्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट