फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु-Sutra News

फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

पेरिस- फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोना भाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ ।



रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू समेत सिंंगो फ्रान्सेली फेसन उद्योग दुःखित भएको बताए ।

तीन सातादेखि कोभिडसँग संघर्ष गरेपश्चात् पेरिस स्थित अमेरिकन हस्पिटलमा अल्बरको निधन भएको थियो ।

मोरक्कोमा जन्मेका इजरायली नागरिक एल्बाजले न्यूयोर्कमा अमेरिकी फेसन डिजाइनरसँग मिलेर शुरुआती दिनहरुमा काम गरेका थिए ।

त्यसपछि उनी सन् १९९६ मा गाए लारोच र १९९८ मा येभिस सेन्ट लरेन्टमा संलग्न भएका थिए । 

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याँक्रोले एक विज्ञप्ति जारी गर्दै अल्बरले फ्रान्सेली फेसन डिजाइनलाई विश्वभर फैल्याउन अतुलनीय योगदान दिएको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट