‘अन्डर वर्ल्ड डन’ छोटा राजनलाई कोरोना संक्रमण, अस्पताल भर्ना-Sutra News

‘अन्डर वर्ल्ड डन’ छोटा राजनलाई कोरोना संक्रमण, अस्पताल भर्ना

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

‘अन्डरवर्ल्ड डन’ छोटा राजनलाई कोरोना संक्रमण भएको छ।



अहिले उनलाई उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ। तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्।

उनी २०१५ मा इन्डोनेसियाको बालीमा गिरफ्तार भएर भारत सुपुर्दगी भएदेखि नै तिहाड जेलमा छन्। मुम्बईमा उनीविरुद्ध मुद्दा सिबिआईमा स्थानान्तरित गरेर मुद्दा चलाउन विशेष अदालत गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट