ओस्करमा चिनियाँ फिल्म ‘नोम्याडल्याड’ उत्कृष्ट, तीन विधामा अवार्ड-Sutra News

ओस्करमा चिनियाँ फिल्म ‘नोम्याडल्याड’ उत्कृष्ट, तीन विधामा अवार्ड

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

विश्वकै चर्चित अस्कर अर्वाडको ९३ औं संस्करण सोमबार अमेरिकाको क्यालिफोर्नियास्थित डब्ली थिएटरमा सम्पन्न भएको छ।



जहाँ चिनिया फिल्म ‘नोम्याडल्याड’ उत्कृष्ट भएको छ। उक्त फिल्मले ३ विधामा अर्वाड हात पारेको छ। उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको विधामा फिल्म अर्वाड जित्न सफल भएको हो।

निर्देशक क्लोई झाओ र अभिनेत्री फ्रांसिस मैकडोरमैंड ले ‘नोम्याडल्यान्ड’ बाट अर्वाड जितेका हुन्। ‘नोम्याडल्यान्ड’ ले ६० वर्षीय एकल महिलाको कथालाई प्रस्तुत गरेको छ। निर्देशक क्लोई झाओ ओस्कर अर्वाड जित्ने दोस्रो महिला निर्देशक हुन्। साथै उनी अस्कर जित्ने पहिलो एसियन महिला निर्देशक पनि हुन्।

त्यस्तै उत्कृष्ट अभिनेताको अर्वाड भने एंथनी हप्किन्सनले जितेका छन्। उनले फिल्म ‘द फादर’ बाट अर्वाड जितेका हुन्। ९३ वर्षको उमेरमा अर्वाड जित्दै एन्थनी सबैभन्दा पाका अस्कर अर्वाड जित्ने अभिनेतामा गनिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट