चौकीमा हमला गरी पाँच प्रहरीको हत्या-Sutra News

चौकीमा हमला गरी पाँच प्रहरीको हत्या

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

लागोस- दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर पाँच जना प्रहरीको हत्या गरेका छन् ।



सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् ।

सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् ।

उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीहरुलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट