ब्राजिलमा कोभिडबाट तीन लाख ९५ हजारको मृत्यु-Sutra News

ब्राजिलमा कोभिडबाट तीन लाख ९५ हजारको मृत्यु

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

साओ पाओलो- ब्राजिलमा गएको २४ घण्टायता कोभिड-१९को संक्रमणबाट तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार मात्र कोभिड-१९ को संक्रमणमा परेका यहाँका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो ।

योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजारभन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण सुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९२ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २९ लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट